आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

वागमति प्रदेशले स्थानीय विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : न्हुछे नारायण श्रेष्ठ

गोकर्णेश्वर खबर२० असार २०७९, सोमबार ०९:०२ मा प्रकाशित (१ साल अघि) २८४ पाठक संख्या

२० असार, काठमाडौं । वागमति प्रदेश सभा सदस्य न्हुछे नारायण श्रेष्ठले स्थानीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर प्रदेशले काम गरिरहेको बताएका छन् ।

जनताले स्थानीय निकायका कामलाई मात्र ध्यान दिएका हुनाले प्रदेशका काम नदेखिएको बताउँदै उनले प्रदेशको विकास स्थानीय विकाससँग नै जोडिने हुनाले प्रदेश सरकारले स्थानीय क्षेत्रको विकासमा धेरै काम गरेको बताए ।

नेपालमा भौतिक विकासलाई मात्र विकास मान्ने सोच भएकोले नीतिगत र कानुनी पक्षको बारेमा चासो ओझेलमा परेकोमा जोड दिंदै उनले नीतिगत, कानुनी व्यवस्था विना विकास कार्य अगाडी बढ्दैनन् भन्ने बुझ्न आवश्यक रहेकोमा जोड दिए । उनले बुढानिलकण्ठ नगरपालिकाका वडाहरुको उदाहरण दिंदै प्रत्येक वडाको विकासका लागि प्रदेश सरकारले विकासका लागि झण्डै पाँच–पाँच करोड बजेट विनियोजन गरेको बताए ।

जनताले सांसदलाई भौतिक विकास निर्माणसँग मात्र जोडेर नहेरेर नीति, कानून निर्माणमा उनीहरुको भूमिकाको पनि मुल्यांकन गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले अगाडी भनें नीति, कानुनका बारेमा मलाई के भयो, के हुँदैछ भनेर अहिलेसम्म जनताले प्रश्न गरेका छैनन् ।