आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग गर्दै वीरगञ्जमा विरोध

गोकर्णेश्वर खबर१९ असार २०७९, आईतवार २१:०७ मा प्रकाशित (१ साल अघि) १४४ पाठक संख्या

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल पर्सामा परिषद् निकट युवाहरुले वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन् । रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतबार बेलुका ४ बजे आयोजित उक्त विरोध रयाली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो ।

¥यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्या मुस्लिम भगाऔं देश बचाऔं, रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउनेलाई कारवाही गर जस्ता चर्का नारा लगाएका थिए ।

परिषदले देशैभरिका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री एवं गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको छ ।