आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडौंमा हैजाको जोखिम कायमै ,सम्पूर्ण नगरवासीहरुमा गोकर्णेश्वर नगरपालिकाको सावधानी अपनाउन अनुरोध

गोकर्णेश्वर खबर१९ असार २०७९, आईतवार १८:२४ मा प्रकाशित (१ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा झाडापखाला र हैजा (CHOLERA) रोग फैलिइरहेको अवस्था छ । यस गोकर्णेश्वर नगरपालिकाको क्षेत्र समेत झाडापाखाला र हैजा रोगको उच्च जोखिमको रुपमा रहेको हुँदा झाडापखाला र हैजा रोगबाट बच्न समयमै सावधानी अपनाउनु हुन सम्पूर्ण नगरवासीहरुमा गोकर्णेश्वर नगरपालिकाले अनुरोध गरेको छ ।