आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वरले उत्पादनमुलक, सिपमुलक कार्यका लागि प्रोत्साहनमुलक नीति लिएको छ

गोकर्णेश्वर खबर१८ असार २०७९, शनिबार ०७:५९ मा प्रकाशित (१ साल अघि) ३५२ पाठक संख्या

१८ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले उत्पादनमुलक, सिपमुलक कार्यका लागि प्रोत्साहनमुलक नीति लिएको निवर्तमान मेयर सन्तोष चालिसेले बताएका छन् ।

शुक्रबार गोकर्णेश्वर नगरपालिकाको सहयोगमा झोलसाबुन, मल्टीप्रपोज, फिनेल, डिसवास, पिताम्वरी, ह्यान्डवास, बनाउने तालिमको समापन तथा मेसिनरी सामाग्री हस्तान्तरण कार्यक्रममा चालिसेले सो बताएका हुन् ।

नगरपालिकाले आवश्यक कानून र नीति बनाएरै महिला सशक्तिकरणका कार्यक्रमहरुलाई प्राथमिकता दिएकोमा जोड दिंदै उनले त्यसैको परिणाम अहिले धेरै महिला समुहहरुले उत्पालनमुलक व्यवसाय, साना उद्योग स्थापना गरि काम गर्न अग्रसर भईरहेको देखिएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा नगर प्रमुख (मेयर) दीपक रिसालले उत्पादनमुलक व्यवसाय, उद्योग प्रवद्धर्नका लागि गोकर्णेश्वर नगरपालिका प्रतिबद्ध रहेको भन्दै आवश्यक बजार प्रवद्धर्नका लागि नगरपालिकासँग समन्वय गरी काम गर्न महिला समुहलाई आग्रह गरे ।

निवर्तमान मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा मेयर दीपक रिसालको विशेष आतिथ्यतामा भएको मेशिन तथा सामग्री हस्तान्तरण कार्यक्रम ढुङ्गेधारा सेरोफेरो महिला समूहका अध्यक्ष भवानी कटवालको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा वडा सदसयहरु लक्ष्मी देवि गुरुङ, श्रीकृष्ण कारञ्जित, उमेश चालिसे, गमला कुमारी परियार, गोनपाका न्यायिक समिति सदस्य सत्यभामा श्रेष्ठ लगायतका व्यक्तित्वहरुको आतिथ्यता तथा महिला समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।