आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नाति काजि कार्की (अजय) ले प्रदेश सभा (क) सदस्यमा उम्मेदवारी दावी 

गोकर्णेश्वर खबर१७ असार २०७९, शुक्रबार २२:०५ मा प्रकाशित (१ साल अघि) ५४२ पाठक संख्या

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका वागमति प्रदेश सदस्य नाति काजि कार्की (अजय) ले काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) सदस्यका लागि उम्मेदवारी दिने दिने बताएका छन् ।

२०४० सालबाट बाल कांग्रेसबाट राजनीति शुरु गरेका कार्की हाल नेपाली कांग्रेस वागमति प्रदेश समितिको कार्यसम्पादन समिति सदस्य रहेका छन् ।

लामो समयदेखि काठमाडौं क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय कार्कीले सामाजिक क्षेत्र र राजनीतिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने गोकर्णेश्वर खबरलाई बताए ।

प्रदेश सभालाई स्थानीय निकाय र संघीय सरकारलाई जोड्ने सेतुको रुपमा रहेकोले प्रदेशसभामा प्रतिनिधित्व गरी स्थानीय विकासमा भूमिका खेल्ने उदेश्यका साथ आफूले उम्मेदवारी दिने कार्कीले बताए । स्थानीय क्षेत्रमा विकास र जनतालाई सेवाको भावनाले राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेकोले उम्मेदवारी दावी पछि सकारात्मक प्रतिक्रिया पाएको कार्कीले बताए ।