आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि हस्ताक्षर संकलन

गोकर्णेश्वर खबर१६ असार २०७९, बिहीबार १६:१७ मा प्रकाशित (१ साल अघि) ४६१ पाठक संख्या

१६ असार, काठमाडौं । बागमती प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्नका लागि हस्ताक्षर संकलन शुरु गरेका छन् ।

सत्तारुढ गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तनका लागि दबाव दिन बिहीबार सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको तर मुख्यमन्त्री पाण्डेले सहमति अनुसार राजीनामा गर्नुपर्नेमा आलटाल गरेकाले दबाव दिन हस्ताक्षर संकलन थालिएको हो ।

वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने गरी भएको तीन दलबीचको सहमति केही समयअघि सार्वजनिक भएको थियो । तर पाण्डेले भने सहमति भए पनि सत्ता गठबन्धनको शीर्ष तहमा सहमति भएमा मात्र पद छाड्ने बताउँदै आएका छन् ।