आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पुण्य फाउण्डेसनद्वारा बालसुधार मा.वि.का विद्यार्थीलाई छात्रवृत्ति वितरण

गोकर्णेश्वर खबर१५ असार २०७९, बुधबार २१:२८ मा प्रकाशित (१ साल अघि) ३६१ पाठक संख्या

१५ असार, काठमाडौं । पुण्य फाउण्डेसनले गोकर्णेश्वर नगरपालिका वडा नं. २ का १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । मंगलबार बालसुधार मा.वि.का कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी तथा वडा नं. २ का वडा अध्यक्ष मधु तामाङ लगायतका व्यक्तित्वहरुले छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।

फाउण्डेशनले अभिभावकको उपस्थितिमा छात्रवृत्ति स्वरुप विद्यालय पोशाक, जुत्ता, झोला र शैक्षिक सामग्री सहित आर्थीक सहयोग गरेको थियो ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मधु तामाङको प्रमुख आतीथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डित क्षेत्रीको अध्यक्ष्यतामा भएको थियो । कार्यक्रममा पुण्य फाउण्डेसनका प्रमुख मोहन निरौला, अस्ट्रेलिया प्रतिनिधि ठाकुर प्रसाद खतिवडा तथा नेपाल प्रतिनिधि टीकाराम खतिवडाको बिशेष आतीथ्यता र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको रहेको थियो । विद्यालयका पु्र्व शिक्षक सुरेश घिमिरेको विशेष संयोजनमा कार्यक्रम भएको थियो ।