आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपालमा एकै दिन ६२ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१५ असार २०७९, बुधबार १६:५१ मा प्रकाशित (१ साल अघि) १९२ पाठक संख्या

१५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो ।

एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।