आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा

गोकर्णेश्वर खबर१५ असार २०७९, बुधबार १४:०८ मा प्रकाशित (१ साल अघि) १३५ पाठक संख्या

१५ असार, काठमाडौं । विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो ।

बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले राजीनामा दिएकी हुन् ।