आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

मदन भण्डारी मेमोरियल स्कुलमा सञ्चालित स्वास्थ्य शिविरबाट ४ सय जना लाभान्वित

गोकर्णेश्वर खबर१४ असार २०७९, मंगलवार २०:३१ मा प्रकाशित (१ साल अघि) ४६१ पाठक संख्या

१४ असार, काठमाडौं । जननेता मदन भण्डारीको ७१ औ जन्मजयन्तीको अवसरमा मदन भण्डारी मेमोरियल स्कुलले निःशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । मंगलबार गोकर्णेश्वर नगरपालिका ८ स्थित मदन भण्डारी मेमोरियल स्कुलमा राखिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय २८ जनाले स्वास्थ्य सेवा लिएका स्कुलका निर्देशक राजु राना मगरले जानकारी दिए ।

स्वास्थ्य शिविरका लागि काठमाडौं शिक्षण अस्पताल (केएमसी) सिनामंगलबाट डाक्टर, नर्स सहित ३५ जना स्वास्थ्यकर्मीको टोलि सहित शिविरमा ईसीजी, भिडियो एक्सरे, अल्ट्रासाउण्ड लगायतको सेवा उपलब्ध गरी सहयोग गरेको मगरले जानकारी दिए ।

यसैगरी सञ्जय आचार्यको पहलमा नेपाल मेडिकल कलेज आत्तरखेलबाट डाक्टर, नर्स सहितको टोलिले स्वास्थ्य शिविरमा सहयोग गरेका थिए । गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखाले निःशुल्क औषधि उपलब्ध गरी सहयोग गरेको मगरले जानकारी दिए ।

उनले निःशुल्क औषधि उपलब्ध गरी सहयोग गर्नु भएकोमा शाखा प्रमुख हरि उपाध्याय सहित शिविर सञ्चालन गर्न सहयोग गर्ने सबैलाई आयोजकको तर्फबाट धन्यवाद समेत दिएका छन् ।