आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

महिला सामुहिक कृषक समुहले नोहकीलमा राष्ट्रिय धान दिवस मनाउने

गोकर्णेश्वर खबर१३ असार २०७९, सोमबार २२:५९ मा प्रकाशित (१ साल अघि) ३७६ पाठक संख्या

१३ असार, काठमाडौं । महिला सामुहिक कृषक समुहले असार १५ गते राष्ट्रिय धान दिवस मनाउने भएको छ । गोकर्णेश्वर न.पा.वडा नं. ४ मा रहेको नोहकील गणेश मन्दिरसँगै कार्यक्रम गर्ने समुहले जनाएको छ ।

कार्यक्रम असार १५ गते बिहान ११ बजे नोहकील गणेश मन्दिरसँगै हुनेछ ।

राज्यले कृषकहरुको महान पर्वको रुपमा मनाउदै आईरहेको प्रत्येक आषाढ १५ गतेको दिनलाई राष्ट्रिय धान दिवस मनाउने गरेकोले दहि चिउरा सहित १९ औ राष्ट्रिय धान दिवस मनाउने कार्यक्रम आयोजना गरेको महिला सामुहिक कृषक समुहले जनाएको छ ।