आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

‘आगामि योजनामा महिला आर्थिक सशक्तिकरण कार्यक्रमलाई प्राथमिकता’ : मेयर रिसाल

गोकर्णेश्वर खबर१३ असार २०७९, सोमबार १५:४९ मा प्रकाशित (१ साल अघि) २७१ पाठक संख्या

१३ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले महिला सशक्तिकरणका क्षेत्रमा नगरपालिकाले उल्लेख्य काम गरेको भन्दै आगामि योजनामा महिलाको आर्थिक सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिएको बताएका छन् ।

आज राष्ट्रिय महिला आयोगको आयोजनामा भएको महिला हिंसा निवारण अभियानलाई प्रभवकारी बनाउन सामाजिक, राजनीतिक क्षेत्रका युवाहरुसंग अन्तरक्रिया विषयक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मेयर रिसालले सो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर सान्नानी लामाले महिला हिंशा निवारणमा संगठित र व्यवस्थित रुपमा काम गर्न आवश्यक रहेकोमा जोड दिंदै नगरपालिकाले वृद्धवृद्धा, स्वास्थ्य स्वयंसेविका तथा एकल महिलाका लागि निःशुल्क स्वास्थ्य विमा गर्ने नीति बनाएको जानकारी दिईन् ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पुर्व सुचना आयोगका आयुक्त कृष्णहरि बास्कोटाले महिला विकासका बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडा, गोकर्णेश्वरका निवर्तमान उपमेयर शान्ति नेपाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न महिला संघसंस्थाका पदाधिकारी, प्रतिनिधि तथा युवाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।