आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काभ्रेको भुम्लु गाउँपाकिाको नीति तथा कार्यक्रम सार्वजनिक

गोकर्णेश्वर खबर१३ असार २०७९, सोमबार ०९:२९ मा प्रकाशित (१ साल अघि) २५० पाठक संख्या

१३ असार, काठमाडौं । काभ्रेको भुम्लु गाउँपाकिाले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

भुम्लु गाउँपाकिालका अध्यक्ष प्रेम बहादुर भुजेलले सुक्रबार आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाभरिका विद्यालयहरुमा डिजिटल माध्यमद्वारा इन्टरनेटको व्यवस्था गर्ने भएको छ ।

पालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर रासायनिक मलको अभावलाई व्यवस्थापन गर्नका लागि अर्गानिक खेती प्रणालीमा जैविक विषादीः–मललाई विकास गर्न प्रक्रिया अगाडि बढाउने बताएको छ ।

त्यस्तै गाउँमा नै मिनरल वाटरको उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको उद्योग पकेट क्षेत्र निर्धारण गर्ने, ब्राण्डिङ्ग गर्ने, स्थानीय मदिरालाई ब्राण्डिङ्ग गरेर बजारको पहुँचसम्म पुरयाउने लगायतको योजना नीति कार्यक्रममा समावेश गरेको छ ।