आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

डा. बाबुराम भट्टराईलगायतलाई कारबाही गर्न उपेन्द्रलाई ज्ञापनपत्र

गोकर्णेश्वर खबर१३ असार २०७९, सोमबार ०८:२८ मा प्रकाशित (१ साल अघि) १५६ पाठक संख्या

१३ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । आईतबार पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् ।

भट्टराई र केही केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचन अघि र स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पनि पार्टीका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य गरिरहेको र सो हस्ताक्षर भट्टराईलाई कार्यकारी अध्यक्ष बनाउन गरिएको उनीहरूको आरोप छ ।

पत्रमा भनिएको छ, ‘कोही पार्टी कब्जा गर्न, कोही पार्टी फटाउन, कोहीले मन्त्रीमण्डलमा आफ्ना मान्छे राख्न यो सब गरिएको भन्छन् । शीर्ष नेताकै नेतृत्वमा पाटी विरुद्ध थालिएको यस्ता अराजक गतिविधिले पार्टी कार्यकर्ताहरूमा व्यापक भ्रम र निराशा सिर्जना गराएको छ र सङ्गठनमा क्षति पु¥याउने काम भएको छ ।’

यस्ता पार्टी विरोधी गतिविधिहरू अविलम्ब रोकी यसमा संलग्नहरूमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारबाहीको प्रक्रिया अगाडि बढाउन उनीहरुले माग गरेका छन् ।