आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

इस्लामिक संगठन जमियत उलेमा ए नेपालको गतिविधि प्रति विश्व हिन्दू परिषद नेपालको ध्यानाकर्षण

गोकर्णेश्वर खबर१३ असार २०७९, सोमबार ०८:१६ मा प्रकाशित (१ साल अघि) ३५८ पाठक संख्या

१३ असार, काठमाडौं ।

इस्लामिक संगठन जमियत उलेमा ए नेपालको गतिविधि प्रति विश्व हिन्दू परिषद नेपालको ध्यानाकर्षण 

विश्व आज एउटा समुदाय विशेषको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । फरक विचार राख्ने समुदायलाई विभिन्न तरिकाले प्रताडित गर्ने कट्टर मानसिकता भएको समूह प्रायः सबै देशहरूमा सक्रिय रहेको तथ्य छ ।

आतंकवादलाई बढावा दिएको भन्दै तव्लिगी जमात नामक इस्लामिक जिहादी संगठनमाथि साउदी अरबले प्रतिबन्ध लगाएको कदमलाई विश्वका अनेकौं राष्ट्रहरूले स्वागत गरेका थिए । मानवताको लागि चुनौतीपूर्ण मानिएको यस प्रकृतिका संगठनको काम–कारवाही नेपालमा समेत विस्तार हुदै गएको तथ्य बाहिर आएको छ । यस्ता ईस्लामिक संगठनहरु कै प्रभाव एवं प्रयासमा मदरसाहरुको अनियन्त्रित विस्तार र त्यसमा विदेशी मौलवीहरुको प्रवेशलाई सुरक्षा चूनौतीको रुपमा लिनुपर्ने विश्व हिन्दू परिषद नेपालको भनाई छ ।

हालै उपेन्द्र यादव, समिम मियाँ अन्सारी लगायतका व्यक्तिहरुको सहभागितामा जमियत उलेमा ए नेपाल नामक संगठनद्वारा आयोजित एक कार्यक्रममा प्रस्तुत प्रस्तावहरूमाथि विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रममा प्रस्तुत अधिकांश प्रस्तावहरू राष्ट्रघाती एवं बहुसंख्यक नेपाली जनताको भावना विपरित रहेको हाम्रो ठहर रहेको छ ।

  • बक्फ बोर्डमा एक पटक गएको जमिन सरकारले फिर्ता लिन नपाउने । त्यो मुस्लिम समाजकै हुने प्रावधान छ भारतमा । नेपालमा पनि त्यस्तै हजारौ बिगहा जमिन हडप्ने षडयन्त्र हो ।
  • मुस्लिम धर्मकै जानकार तथा अगुवाका अनुसार आतंकी गतिबिधिमा मुस्लिम लाग्नु पछाडि मदरसामा पढाईने कट्टर पन्थी शिक्षाको नै हो जसले गैर मुस्लिम प्रति द्वेषभाव राख्दछन । अतः मदरसा विधेयक पूर्णरुपेण राष्ट्रघाती हो ।
  • विभिन्न बाहानमा नेपाल पसेका रोहिङ्गया, बङ्गलादेशी, भारतिय तथा पाकिस्तानी मुस्लिमलाई आधिकारिकता प्रदान गर्न यो सबै षड्यन्त्र हुदैछ । सम्भव त हुन सक्छ तिनिहरुमा आतंककारी पनि हुन सक्छन ।
  • मुस्लिम परिवार कानुनको माध्यमले बहुविवाह तथा लव जिहादलाई कानुनी मान्यता दिलाई, हिन्दू चेलीवेटीलाई धर्मन्तरण गराउन षड्यन्त्र हो ।
  • हज हाउस बनाएर विश्व भरिका मुस्लिम धर्मगुरु बोलाएर प्रशिक्षण दिई कट्टरपन्थी भाव भैलाई देशको अमन चयनमा खलल पु¥याउने दुष्प्रयास हो ।

इस्लामिक जिहादीहरूद्वारा गौहत्या, लव जिहादी एवं बहुसंख्यक हिन्दू जनतामाथि बर्बर दमन र आक्रमणहरुका घटनाहरूक्रम तिव्र रहेकै अवस्थामा यस किसिमको संगठनको गतिविधि थप संकास्पद रहेको छ ।

देशको साँस्कृतिक पहिचानमाथि खलल पुर्याउनेमाथि कडा कारवाही एवं अंकुश लगाउन विश्व हिन्दू परिषद नेपाल सम्बन्धित् निकायलाई आवश्यक कदम चाल्न अपिल गर्दछ । (१२ असार, काठमाडौं)