आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको गहभरि आँशु

गोकर्णेश्वर खबर१२ असार २०७९, आईतवार १९:०० मा प्रकाशित (१ साल अघि) ३३१ पाठक संख्या

१२ असार, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदाइ हुँदा रोएकी छन् ।
मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् ।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।