आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

उपमेयर कप खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि ढुकु फुटसललाई

गोकर्णेश्वर खबर१२ असार २०७९, आईतवार १४:१६ मा प्रकाशित (१ साल अघि) २३६ पाठक संख्या

१२ असार, काठमाडौं । गोकर्णेश्वर जागरण युवा क्लवले आयोजना गरेको उपमेयर कप खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि ढुकु फुटसलले जितेको छ । शनिबार भएको फाइनलमा ढुकु फुटसलले कृजल फुटसललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता ढुकु फुटसलले रु ५० हजार र उपविजेता कृजलले २५ हजार नगद प्राप्त गरेका छन् । उपमेयर कप खुल्ला महिला फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको प्रमुख आतिथ्यता, निवर्तमान मेयर सन्तोष चालिसे, निवर्तमान उपमेयर शान्ति नेपाल र प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाको विशेष आतिथ्यता तथा गोकर्णेश्वर ४ का वडा अध्यक्ष जयराम महत, वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं. ७ का वडा अध्यक्ष केशव गुरुङ, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष विकेश श्रेष्ठको सभापतित्वमा भएको थियो ।

कार्यक्रमलाई मेयर दीपक रिसाल, निवर्तमान मेयर सन्तोष चालिसे, निवर्तमान उपमेयर शान्ति नेपाल र गोकर्णेश्वर ४ का वडा अध्यक्ष जयराम महतले सम्बोधन गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल विष्टले राखेका थिए ।

कार्यक्रममा निवर्तमान मेयर सन्तोष चालिसे र उपमेयर शान्ति नेपाललाई दोसल्ला ओडाएर, पोट्रेट तस्विर उपहार प्रदान गरी सम्मान गरिएको थियो ।