आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कोरोनाले २०७६ चैत्रबाट स्थगित जेष्ठ नागरिक भेटघाट कार्यक्रम आजबाट पुनः शुरु 

गोकर्णेश्वर खबर११ असार २०७९, शनिबार २२:४२ मा प्रकाशित (१ साल अघि) २६२ पाठक संख्या

११ असार, काठमाडौं । “मासिक १०० अभियान नेपाल”ले हरेक महिनाको दोश्रो शनिबार आयोजना गर्दै आइरहेको जेष्ठ नागरिक भेटघाट कार्यक्रम फेरी शुरु भएको छ । कोभिडको कारणले २०७६ चैत्रको दोश्रो शनिबारबाट स्थगित भएको जेष्ठ नागरिक भेटघाट कार्यक्रम आजबाट पुनः शुरु भएको छ ।

आज भएको जेष्ठ नागरिक भेटघाट कार्यक्रममा समाजसेवी उद्धव रायमाजीको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी, अतिथीहरुमा समाजसेवी इश्वर पुडासैनी, चामुण्डा मन्दिर संरक्षण समितीका अध्यक्ष मोहन रायमाझी, महाङ्काल मन्दिर समितिका अध्यक्ष श्री चन्द्र नगरकोटी रहेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक बुवा आमाहरुले असारे गित प्रस्तुत गरेका थिए ।