आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

ढुंगेधारा आदर्श आमा समुहको आयोजनामा सरसफाई जनचेतना तथा डस्विन वितरण

गोकर्णेश्वर खबर११ असार २०७९, शनिबार २१:५५ मा प्रकाशित (१ साल अघि) २०६ पाठक संख्या

११ असार, काठमाडौं । ढुंगेधारा आदर्श आमा समुहले आज सरसफाई सम्वन्धि जनचेतना तथा डस्विन वितरण कार्यक्रम गरेको छ ।

यसैगरी, आजै ढुंगेधारा टोल विकास समिति र ढुंगेधारा आदर्श आमा समुहले संयुक्त रुपमा गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित मेयर दीपक रिसाल, उपमेयर सान्नानी लामा, गोनपा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा सदस्यहरु चन्द्रलाल श्रेष्ठ, सुमन लामा, सीता तिमल्सिना, सोविता मिजारलाई दोसल्ला ओडाएर सम्मान गरेको छ ।

कार्यक्रम ढुंगेधारा टोल विकास समिति तथा ढुंगेधारा आदर्श आमा समुहकी अध्यक्ष मञ्जु पुन लम्सालको सभापतित्व एवम् गोनपाका मेयर दीपक रिसालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विभिन्न महिला समुहका अध्यक्ष, पदाधिकारी तथा उल्लेख्य संख्यामा महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, उपमेयर सान्नानी लामा, निवर्तमान नगर प्रवक्ता मनोज कुमार ढुंगाना, वडा अध्यक्ष नन्दलाल श्रेष्ठले सम्बोधन गरेका थिए ।