आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कागेश्वरी–मनोहरा नगरपालिकाको छैटौं नगरसभा उद्घाटन

गोकर्णेश्वर खबर१० असार २०७९, शुक्रबार १९:४७ मा प्रकाशित (१ साल अघि) २४५ पाठक संख्या

१० असार, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभाको छैटौं अधिवेशन २०७९ को उद्घाटन भएको छ ।

आज नगरसभा अधिवेशनको उद्घाटन प्रमुख अतिथी पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका वागमति प्रदेश सभापति इन्द्र बहादुर बानियाँले गरेका छन् । नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा वागमति प्रदेश सभा सदस्य रामेश्वर फुयालको विशिष्ठ आतिथ्यता रहेको थियो ।

यसैगरी, कार्यक्रममा संविधान सभाका पूर्व सदस्य दीपक प्रसाद कुईकेल, नगर उपप्रमुख शान्ता थापा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् कागेश्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, नगरसभा सदस्यहरु, कार्यपालिका सदस्यहरु लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका वागमति प्रदेश सभापति इन्द्र बहादुर बानियाँले शुभकामना मन्तव्य राख्नु हुँदै समाजमा पछि परेका वर्गको उत्थानलाई ध्यानमा राखेर विकासका दृष्टिकोणले उपलब्धिमुलक र प्रभावकारी नीति योजना बजेट ल्याउन आग्रह गरे ।

कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको विकासका बारेमा धारणा राख्दै आगामी आ.व.का लागि नीति योजना वाचन गरेका थिए ।