आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नारायणमान बिजुक्छेलाई पत्नीशोक

गोकर्णेश्वर खबर८ असार २०७९, बुधबार २१:३० मा प्रकाशित (१ साल अघि) २५१ पाठक संख्या

८ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ ।

बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो । प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । उपचारपछि निको भएको क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको हो ।

उनको र नारायणमानको २०४० सालमा विवाह भएको थियो । शोभा शिक्षकबाट अवकाश भएकी थिइन् भने उनी नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन्।