आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

डा.सुन्दर सिंह बोहराले प्रदेश सभा (क) सदस्यमा उम्मेदवारी दावी गर्ने

गोकर्णेश्वर खबर७ असार २०७९, मंगलवार १४:४३ मा प्रकाशित (१ साल अघि) ४८७ पाठक संख्या

७ असार, काठमाडौं । डा.सुन्दर सिंह बोहराले काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) सदस्यमा उम्मेदवारी दावी गर्दै त्यसका लागि तयारी गरिरहेको बताएका छन् ।

डा.बोहराले २०४८ सालको आम निर्वाचनमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको पक्षमा वडा स्तरिय प्रचारप्रसार उपसमितिमा रहेर कार्य गरेको स्मरण गर्दै लामो समय देखि राजनीतिमा आबद्ध भएर काम गर्दै आएको अनुभव बोकेर काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) सदस्यका लागि उम्मेदवारी दावी गर्ने गोकर्णेश्वर खबरलाई बताए ।

सिंघानीया युनिभर्सिटि र त्रिभूवन विश्वविद्यालयको सम्वन्धन प्राप्त नेतृत्व विकासमा विद्यावारिधी गरेका बोहराले स्थानीय स्तरको चुनाव सफल बनाउन हरेक पटक अग्रणी भूमिका खेलेको बताए । उनले आजको विद्यमान राजनीतिक परिवेशमा स्वतन्त्र उम्मेदवारहरुको दवाव बढीरहेको अवस्थामा लामो समय देखिको राजनीतिक क्रियाशिलता र शैक्षिक विज्ञताले आफूले यस क्षेत्रका जनताको विश्वास जितेर ठोस र सार्थक विकासका कार्य गर्न सक्ने बताए । बिभिन्न रचनात्मक कार्य–योजना सडक देखि सदनसम्म दरो रूपमा प्रस्तुत गर्न सक्ने र त्यसलाई कार्यन्वयन गर्ने गराउन सक्ने ब्यक्तित्वका रुपमा आफूलाई दाबेदरीमा प्रस्तुत गरे ।

उनले जनताले राजनीतिमा बौद्धिक वर्गको कम उपस्थिती महशुष गरेको अवस्थामा यस क्षेत्रका जनताको विकासको चाहना पुरा गर्ने दीर्घकालिन सोच र योजना बोकेर आफूले प्रदेश सभा (क) का लागि उम्मेदवारी दिन तयारी गरिरहेको बताए । स्थानीय क्षेत्रको विकासका लागि प्रदेशमा प्रभावकारी भुमिका खेल्न आवश्यक रहने भएकोले आफू आत्म विश्वासका साथ अगाडी बढेको बताए ।