आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा 

गोकर्णेश्वर खबर७ असार २०७९, मंगलवार १४:२४ मा प्रकाशित (१ साल अघि) १५४ पाठक संख्या

७ असार, काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् ।

लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् ।

उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरूलाई सो पार्टीमा समावेश हुन पनि आग्रह गरे । उनले क्षमता भएकाहरू जसलाई पनि पार्टीमा स्थान दिने बताए । क्षमता बिना पद ओगटेर नबस्ने बताए । देशभरिबाट समानुपातिक भोट सङ्कलन गर्नुपर्ने भएकोले पार्टी दर्ता गराएको उनले बताए ।

चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए । आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उनले खुलाएनन् ।