आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अनेरास्ववियुका कार्यकर्ता र प्रहरीबीच झडप, तीन राउन्ड अश्रुग्याँस प्रहार (तस्बिरसहित)

गोकर्णेश्वर खबर६ असार २०७९, सोमबार २१:०४ मा प्रकाशित (१ साल अघि) २५३ पाठक संख्या
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको त्रिचन्द्र कलेज अगाडी प्रदर्शनमा उत्रेका बिद्याथी र प्रहरीबीच झडप भएको छ ।
मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेर बहादुर देउवा र उद्योगमन्त्री दिलेन्द्र बडुको पुत्दा दहन गर्ने क्रममा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
 प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि बिद्यार्थीहरुले ढुङ्गा प्रहार गरेका थिए ।
प्रहरीले स्थीतीलाई नियन्त्रणमा लिन लाठीचार्ज र केहि सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा केहि प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरीको एउटा भ्यानमा क्षति पुगेको छ । सरकारले गएराति पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७–२७ रुपैयाँ मूल्यवृद्धि गरेपछि बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।