आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वर नगरपालिकालाई मेरुदण्ड पक्षघात समुह नेपालले माग पत्र बुझायो

गोकर्णेश्वर खबर६ असार २०७९, सोमबार १९:३७ मा प्रकाशित (१ साल अघि) २८१ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकालाई मेरुदण्ड पक्षघात समुह नेपालले ११ बुँदे माग पत्र बुझाएको छ ।

समुहले आज गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल ,उप प्रमुख सान्नानी लामा समक्ष अपांगता भएका व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सहायक सामग्री, सहयोगी क्षमता अभिवृद्धि ,अपाङ्गता मैत्री साधनको व्यवस्था , समन्वय समिति गठन , खेलकुद आवास गृह संचालन अपाङ्ग मैत्री पूर्वाधार लगायतको माग राखी पत्र बुझाएको हो ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा लगायत कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । माग पत्र बुझ्दै नगरप्रमुख दिपक रिसालले उठाएका मागलाइ यथासक्य सम्बोधन गर्ने बताएका थिए ।