आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सुन्दरीजलमा बराहकर्णेश्वर महादेवको नवनिर्मित मन्दिर उद्घाटन

गोकर्णेश्वर खबर६ असार २०७९, सोमबार १९:१२ मा प्रकाशित (१ साल अघि) १८६ पाठक संख्या

६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ बराहटारमा रहेको श्री बराहकर्णेश्वर महादेवको नवनिर्मित मन्दिरको समुद्घाटन भएको छ । पौराणिक कालमा स्थापना भएको मानिने बराहकर्णेश्वर महादेव मन्दिरको आज उद्द्धाटन भएको हो ।

गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेले शिलान्यास गर्नु भएको मन्दिर निर्माण पछि प्रथम मेयर सन्तोष चालिसे, मेयर दीपक रिसाल, उपमेयर सान्नानी लामा, वडा अध्यक्ष द्वारिका श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । मन्दिर उद्घाटन पछि विधिवत् रुपमा मन्दिर भित्र पुजा आरती गरिएको थियो ।

कार्यक्रममा प्रा.डा.ऋषिराम पोखरेल, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, वडा नं. १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा, वडा नं. १ का पुर्व वडा अध्यक्ष राम मानन्धर लगायतका व्यक्तित्वको आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्दिर निर्माणका दाता, भक्तजन एवम् स्थानीय वासिन्दाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्दिर निर्माणमा नगरपालिका तथा व्यक्तिगत रुपमा उल्लेख्य सहयोग गर्नु भएकोमा गोकर्णेश्वरका प्रथम मेयर सन्तोष चालिसे दम्पतिलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।