आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

माकलबारीमा दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्था उद्घाटन

गोकर्णेश्वर खबर४ असार २०७९, शनिबार २१:४२ मा प्रकाशित (१ साल अघि) ३६९ पाठक संख्या

४ असार, काठमाडौं । दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलबारीमा नगर प्रमुख दीपक रिसालले सहकारीको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रम नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष रुप तामाङको सभापतित्वमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दीपक रिसालले सहकारीले आर्थिक सामाजिक विकासको क्षेत्रमा सहयोग पुर्याउने भएकोले यसको उचित व्यवस्थापनका लागि योग्य जनशक्ति हुनु पर्नेमा सहकारी सचेत हुनु पर्ने औंल्याए ।

यसैगरी, उप-प्रमुख सान्नानी लामाले सहकारीको विकासका लागि सहकार्य गर्न नगरपालिकासँधैं तत्पर रहेको धारणा राखिन् ।

सो कार्यक्रममा उप-प्रमुख सान्नानी लामाको विशेष आतिथ्यता रहेको थियो भनें गोकर्णेश्वर नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, गोकर्णेश्वर नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

जनप्रतिनिधिलाई बधाई तथा सम्मान 

यसैगरी, आज सहकारी उद्घाटन कार्यक्रममा दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्थाले आज नगर प्रमुख दीपक रिसाल, उप-प्रमुख सान्नानी लामा तथा वडा अध्यक्षहरु नवराज लामा र नन्दलाल श्रेष्ठलाई बधाई स्वरुप सम्मान पत्र दिंदै जनप्रतिनिधिका रुपमा सफल कार्यकालको कामना समेत गरेको छ ।