आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख (पूर्ण पाठसहित)

गोकर्णेश्वर खबर३ असार २०७९, शुक्रबार ०७:०५ मा प्रकाशित (१ साल अघि) ११८ पाठक संख्या

विराटनगर, असार १ गते । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपियाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार अपरान्ह अघिल्लो वर्षको भन्दा झण्डै ७ अर्ब बढी आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपुरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।

बजेट बक्तव्यमा राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने उनले उल्लेख गरिएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रुपैयाँ रहेको आर्थिक मामिला तथा योजना मन्त्री आङबोले सदनलाई जानकारी गराउनुभयो ।