आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार १७:५९ मा प्रकाशित (१ साल अघि) १९९ पाठक संख्या

काठमाडौं, असार २ गते । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९ र ०८० को विनियोजन विधेयक बहुमतले पारित गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ र ०८० को विनियोजन विधेयक पारित गरिसोस् भन्ने प्रस्ताव राखेको थियो ।

उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेको थियो र प्रस्ताव बहुमतले पारित भएको हो ।

बैठकमा सांसदहरुले राखेका २३ वटा खर्च कटौतीका प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो ।