आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

मासिक सय अभियानले बालाजुस्थित तरुण मा.वि.को छात्रालाई सहयोग

गोकर्णेश्वर खबर१ असार २०७९, बुधबार १९:५३ मा प्रकाशित (१ साल अघि) ३५६ पाठक संख्या

१ असार, काठमाडौं । मासिक १०० अभियान नेपालले भर्ना अभियान अन्तर्गत आज काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु स्थित तरुण मा.वि.मा अध्यनरत छात्रालाई सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका छात्रछात्रालाई अध्ययनमा सहयोग गर्दै आएको अभियानले कक्षा ७ कि भावना भुजेललाई ५ हजार ७ सय सहयोग गरेको हो ।

भुजेलको आर्थिक अवस्था कमजोर भएकोले अभियानमा दिएको निवेदनको आधारमा सहयोग गरेको अध्यक्ष सञ्जय पोखरेलले बताए । भुजेललाई भर्ना, मासिक शुल्क वापत छात्रवृत्ति प्रदान गरेको हो ।

सहयोग हस्तान्तरणका क्रममा अभियानले आगामी वर्षमा पनि अध्ययनमा सहयोग गर्ने अध्यक्ष पोखरेलले बताए ।  भावना भुजेलले मासिक १०० अभियान नेपाललाई आफूले बनाएको चित्र उपहार दिईन् ।