FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

छैटौं निसान कप फुटसल प्रतियोगिता असार ३ गते शुरु हुने

गोकर्णेश्वर खबर३१ जेष्ठ २०७९, मंगलवार २०:०७ मा प्रकाशित (३ हफ्ता अघि) १९७ पाठक संख्या

३१ जेठ, काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले निसान कप फुटसल प्रतियोगिता गर्ने भएको छ । संस्थाले यही असार ३, ४ र ५ गते मेडिकल कलेज नजिक रहेको रम्बल फुटसलमा छैटौं ७ ‘ए’ साइड फुटसल प्रतियोगिता गर्न लागेको हो ।

निसानले हरेक वर्ष गर्दै आएको फुटसल प्रतियोगिता गत वर्ष कोभिडको कारणले प्रभावित भएको थियो । खेलहरु नकआउट चरणमा खेलाईने छ । निसानका अध्यक्ष ओम प्रसाद ढकालका अनुसार यस वर्षको प्रतियोगितामा ४० टिम सहभागि हुने छन् ।

खेल अवधिभर उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र बढी गोल गर्नेलाई ट्रफी द्वारा सम्मान गरिनुका साथै ‘प्री क्वाटर फाइनल’सम्म हरेक खेलमा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई ‘म्यान अफ दि म्याच’को ट्रफि दिइने अध्यक्ष ढकालले जानकारी दिए ।