आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

श्वेता रक्तदान अभियानद्वारा आयोजित रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर३१ जेष्ठ २०७९, मंगलवार १८:४१ मा प्रकाशित (१ साल अघि) ४५१ पाठक संख्या

३१ ज्येष्ठ, काठमाडौं । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा श्वेता रक्तदान अभियानले आज रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ । आज चारुमति स्तुप चाबहिलमा भएको कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ ।

अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा भएको रक्तदान तथा सम्मान कार्यक्रम अभियानका संयोजक स्वेता श्रेष्ठको सभापतित्वमा तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

“रक्तदान गर्ने कार्यमा ऐक्यबध्दता जनाऔं, जीवन बचाउने अभियानमा सहभागी हौं” भन्ने नाराका साथ भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले रक्तदाताले धेरै जीवनहरु बचाउने भएकोले आफूलाई भगवान जस्तै लाग्ने बताए । उनले जीवन अमूल्य भएकाले सत्मार्गमा हिंड्नु पर्ने बताउँदै रक्तदाताहरुको जीवन सत्मार्गको जीवन भएको बताए ।

कार्यक्रममा विभिन्न रक्तदाता एवम् रक्तदान अभियानमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्य राज पौडेल, उमेश ढकाल, गोकर्णेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।