आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने ४ जना बौद्धबाट पक्राउ

गोकर्णेश्वर खबर३१ जेष्ठ २०७९, मंगलवार ०६:१२ मा प्रकाशित (१ साल अघि) ५९७ पाठक संख्या

काठमाडौं , काठमाडौँको बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बौद्धस्थित एक गेष्ट हाउसमा आइतवार दिउँसो २ बजेतिर ३ जनाले २४ वर्षीय एक युवतीलाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने २४ वर्षका रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई हाल काठमाडौं बस्ने रिन्जेन शेर्पा, सर्लाहीको बागमती घर भएका बौद्ध बस्ने ३४ वर्षका उत्तम लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका- ४ घर भई बौद्ध बस्ने आङ्निमा भन्ने झ्यापा ढिल्ले शेर्पा , होटल मालिक आङनिमा समेत रहेका छन् उनलाई मतियारका रुपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि फरार रहेका उनीहरुलाई प्रहरीले १६ घण्टाभित्र पक्राउ गरेको हो । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौं बाट ५ दिनको म्याद लिई प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको जनाइएको छ ।