आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मासिक १०० अभियानबाट बुढानीलकण्ठका ५ जना विद्यार्थीलाई सहयोग 

गोकर्णेश्वर खबर३० जेष्ठ २०७९, सोमबार २२:१४ मा प्रकाशित (१ साल अघि) २२८ पाठक संख्या

३० ज्येष्ठ, काठमाडौं । मासिक १०० अभियान नेपालले आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई सहयोग अभियान जारी राखेको छ ।

अभियानले बुढानिलकण्ठ नगरपालिका १२ स्थित बाल कुमारी मा.वि.का ५ जना विद्यार्थीहरुका लागि ३६ हजार ५ सय सहयोग गरेको छ । अभियानले कमजोर आर्थिक अवस्था रहेका छात्रछात्राहरुका लागि मासिक शुल्क, विद्यालय पोशाक तथा भर्नाका लागि सहयोग गरेको हो ।

यस वर्ष ६ वटा विद्यालयमा गरी अभियानले १ लाख ६६ हजार सहयोग गर्नेछ । अभियानले अघिल्लो बर्षहरुमा प्रदान गर्दै आएको छात्रवृत्तिलाई निरन्तरता दिदै कमजोर आर्थिक अवस्था रहेका छात्रछात्राहरुका लागि मासिक शुल्क, विद्यालय पोशाक तथा भर्नाका लागि सहयोग गर्दै आएको छ ।

मासिक १०० अभियान नेपालका अध्यक्ष सञ्जय पोखरेलले समाज विकासका लागि शिक्षाको महत्वपूर्ण भुमिका रहने भएकोले आर्थिक अभावले बालबालिकाहरु शिक्षाको ज्योतिबाट विमुख हुन नपरोस् भन्ने भावना बोकेर अभियानले आर्थिक अवस्था कमजोर रहेका छात्रछात्राहरुलाई सहयोग गर्दै आएको बताए ।

पोखरेलले अभियानमा सहयोग गर्ने समाजसेवि सदस्यहरु, जन्म दिन, विवाहिक बर्षगाठ साथै अन्य कार्यमा अभियानलाइ सहयोग गर्ने सबैमा धन्यवाद समेत व्यक्त गरे ।