आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

शुक्रबारबाट १२ वर्षदेखि १७ वर्षका बालबालिकालाई बुस्टर मात्रा खोप दिइदै

गोकर्णेश्वर खबर३० जेष्ठ २०७९, सोमबार ११:३९ मा प्रकाशित (१ साल अघि) २८५ पाठक संख्या

काठमाडौं, जेठ ३० गते । सरकारले शुक्रबारबाट १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई बुस्टर मात्रा खोप दिने भएको छ ।
कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको तीन महिना पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई बुस्टर मात्रा खोप लगाउन लागिएको हो ।
खोप लगाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले सबै प्रदेशका स्वास्थ्य कार्यालयलाई परिपत्र गरिसकेको छ ।
सो उमेर समूहका बालबालिकालाई पुस ४ गतेबाट पहिलो मात्रा खोप दिन सुरु गरेको थियो ।
मन्त्रालयले फाइजर खोपको दुई मात्रा खोप लगाएकाहरुलाई बुस्टरको रुपमा फाइजर खोप ० .३ मि. लि. र मोडर्ना खोप ० .२५ मि. लि. लगाउन आग्रह गरेको छ ।
मोर्डना खोपको दुई मात्रा खोप लगाएकाहरुलाई बुस्टरको रुपमा मोडर्ना खोप ०.२५ मि। लि। र फाइजर खोप ० ।३ मि। लि। लगाउन निर्देशन दिएको छ ।
साथै फाइजर खोप लगाएकालाई मोडर्ना खोप र मोडर्ना खोप लगाएकालाई फाइजर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
यसका साथै १२ वर्षमाथिका छुटेका सबैलाई पहिलो, दोस्रो तथा बुस्टर मात्रा खोप तीव्रताका साथ अभियान सञ्चालन गर्न सरकारले सबै प्रदेशका स्वास्थ्य कार्यलयलाई आग्रह गरेको छ ।