आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

काठमाडौंमा भूकम्पको धक्का

गोकर्णेश्वर खबर२८ जेष्ठ २०७९, शनिबार ०७:१७ मा प्रकाशित (१ साल अघि) ५१४ पाठक संख्या

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राति २: ३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।
राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित भएर घरबाहिर निस्किएका थिए ।