आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

प्रतिवेदनले भन्यो – ‘स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस ठूलो दल’

गोकर्णेश्वर खबर२६ जेष्ठ २०७९, बिहीबार १८:२८ मा प्रकाशित (१ साल अघि) २३७ पाठक संख्या

२६ ज्येष्ठ, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ बाट कांग्रेस सबैभन्दा ठूलो दल बनेको बताएको छ ।

बिहीबार कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस देशकै ठूलो दलको रुपमा स्थापित भएको देखाएको छ ।

बुधबार उपसमितिले पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कासमक्ष निर्वाचन तथा यसको परिणामबारे विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो ।