आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मासिक १०० अभियान नेपाल विपन्न छात्रछात्रालाई सहयोग गर्दै

गोकर्णेश्वर खबर२६ जेष्ठ २०७९, बिहीबार १८:२१ मा प्रकाशित (१ साल अघि) ५०९ पाठक संख्या

२६ ज्येष्ठ, काठमाडौं । मासिक १०० अभियान नेपालले आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई सहयोग अभियान जारी राखेको छ । अभियानले कमजोर आर्थिक अवस्था रहेका छात्रछात्राहरुका लागि मासिक शुल्क, विद्यालय पोशाक तथा भर्नाका लागि सहयोग गर्दै आएको छ ।

गत सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुवारी स्थित अरुणोदय माविका ८ जना विद्यार्थीहरुका लागि अभियानले २७ हजार ७ सय सहयोग गरेको थियो ।

यसैगरी हिजो बुधबार अभियानले कागेश्वरी मनोहरा नगरपालिका थलि स्थित कान्ति भैरव मा.वि.का विद्यार्थीहरुका लागि सहयोग गरेको छ ।

बुधबार कान्ति भैरव मा.वि.का ८ जना छात्रछात्राहरुका लागि रु ३२ हजार २ सय ६५ सहयोग गरेको छ ।

अभियानले अघिल्लो बर्षहरुमा प्रदान गर्दै आएको छात्रवृत्तिलाई निरन्तरता दिदै विपन्न छात्रछात्राहरुका लागि मासिक शुल्क, विद्यालय पोशाक तथा भर्नाका लागि सहयोग गर्दै आएको हो ।

अभियानले आगामी दिनमा विभिन्न विद्यालयमा सहयोग हस्तान्तरण कायृ जारी रहने जनाउँदै यस अभियानमा सहयोग गर्न चाहनेहरुलाई सदस्यता लिएर अभियानमा आबद्धता हुन समेत आग्रह गरेको छ ।

मासिक १०० अभियान नेपालका अध्यक्ष सञ्जय पोखरेलले समाज विकासका लागि शिक्षाको महत्वपूर्ण भुमिका रहने भएकोले आर्थिक अभावले बालबालिकाहरु शिक्षाको ज्योतिबाट विमुख हुन नपरोस् भन्ने भावना बोकेर अभियानले आर्थिक अवस्था कमजोर रहेका छात्रछात्राहरुलाई सहयोग गर्दै आएको बताए ।

पोखरेलले अभियानमा सहयोग गर्ने समाजसेवि सदस्यहरु, जन्म दिन, विवाहिक बर्षगाठ साथै अन्य कार्यमा अभियानलाइ सहयोग गर्ने सबैमा धन्यवाद समेत व्यक्त गरे ।