आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नागढुङ्गाबाट स्रोत नखुलेको नगद सहित ५ जना पक्राउ

गोकर्णेश्वर खबर२४ जेष्ठ २०७९, मंगलवार १८:३६ मा प्रकाशित (१ साल अघि) २७२ पाठक संख्या

२४ जेठ, काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद सहित ५ जना पक्राउ परेका छन् । तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित पक्राउ पर्नेहरुमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिक रहेका छन् ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।