आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडौंको फोहोर भोलिबाट उठ्ने

गोकर्णेश्वर खबर२३ जेष्ठ २०७९, सोमबार २१:३० मा प्रकाशित (१ साल अघि) ९०३ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो ।

सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल गोकर्णेश्वर नगरपालिकाको मेयर दिपक कुमार रिसाल सहभागी थिए । यसै गरी ककनी, धुलिबेसी, जनप्रतिनिधिको सहभागिता थियो ।

भोलि ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको उपमेयर डंगोलले जानकारी दिए । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।