आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

तारा एयर दुर्घटनास् पोस्टमार्टम सकियो, आज शव हस्तान्तरण

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७९, बिहीबार ०६:२६ मा प्रकाशित (१ साल अघि) २६८ पाठक संख्या

दुर्घटनामा परेको तारा एयरको जहाजमा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटना भएको थियो । उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक तथा दुई जना जर्मन नागरिकको ज्यान गुमाएका थिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।