आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

गोकर्णेश्वर ८ मा छहारी क्लब नजिक स्कुटर दुर्घटना, एक जनाको मृत्यु

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७९, मंगलवार १९:३२ मा प्रकाशित (१ साल अघि) ४६०७ पाठक संख्या

१७ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ८ मा छहारी क्लब नजिक भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पुरानो वडा कार्यालय अगाडी जोरपाटीबाट गोकर्ण तर्फ गईरहेको बस र सोही दिशा तर्फ गईरहेको स्कुटर ठोक्किएर भएको दुद्र्धटनामा ओखलढुंगा घर भई गोकर्णेश्वर वडा नं. ४ माईती नेपाल नजिक बस्ने ३२ वर्षीय कुटी शेर्पाको मृत्यु भएको छ ।

बा ३ ख ५४३३ नम्बरको बस र बा ८४ प ५५६० नम्बरको स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृतककै १८ महिनाको छोरा फुर्साङ शेर्पा घाईते भएका छन् । घाईते फुर्साङको तत्काल उद्धार गरी नेपाल मेडिकल कलेजमा उपचार भईरहेको छ । स्कुटरमा ३ जना सवार रहेको प्रहरी स्रोतले बताएको छ ।

घटनाको प्रहरीले छानविन गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले नजिकको सिसिटिभि फुटेजको सहयोग लिएर अनुसन्धान गर्ने भएको छ ।