आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सरकारको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७९, आईतवार १९:२६ मा प्रकाशित (१ साल अघि) २४२ पाठक संख्या

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८०का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड गरी कुल १७ खर्ब ९३ अर्बको बजेट ल्याउनुभएको हो ।

सरकारले आगामी आर्थिक वर्षमा राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड उठाउने लक्ष्य लिएको छ ।

बाँकी रहेको ४ खर्ब ९८ अर्ब २६ करोडको पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तिरिक ऋण २ खर्ब ५६ खर्ब लिइने अर्थमन्त्री शर्माको भनाइ छ ।