आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वर नगरकार्यपालिकामा एमालेको बहुमत, कांग्रेसको ४ सिट मात्र

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७९, शुक्रबार २२:३१ मा प्रकाशित (१ साल अघि) ३७९ पाठक संख्या

१३ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा आज भएको कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका ८ जना निर्वाचित भएका छन् । आज ८ जना निर्वाचित भएर थपिए पछि नगरकार्यपालिकामा एमालेको भारी बहुमत भएको हो ।

कुल १९ सदस्यीय कार्यपालिकामा आज निर्वाचित ८ जना सदस्यसहित एमालेको १४ सिट भएको छ भनें कांग्रेसको ४ जना रहेका छन् ।

नगरकार्यपालिकामा एमालेको ५ वडा अध्यक्ष, ८ निर्वाचित सदस्य र १ जना उपमेयरसहित १४ जना रहेका छन् । यसैगरी कांग्रेसको १ मेयर र ३ वडा अध्यक्षसहित ४ जना रहेका छन् । १ जना स्वतन्त्र रहने छन् ।

कुल मत ४७ रहेको पालिकामा एमालेले २४ र कांग्रेसले २३ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय गोकर्णेश्वरले जनाएको छ ।