आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल १८० रुपैयाँ प्रतिलिटर

गोकर्णेश्वर खबर८ जेष्ठ २०७९, आईतवार २१:४७ मा प्रकाशित (१ साल अघि) ५५३ पाठक संख्या

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ बढाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो ।

अब पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रुपैयाँ लिटर पर्ने छ । त्यस्तै, एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्ने छ ।