आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ?

गोकर्णेश्वर खबर७ जेष्ठ २०७९, शनिबार १८:०४ मा प्रकाशित (१ साल अघि) ५०० पाठक संख्या

काठमाडौँ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेपालले बढी पालिकामा जित निकालेका छन् ।

कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ ओटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मतपरिणाम आएकामध्ये ४४।३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको छ ।

यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७।८९ प्रतिशत हो ।

माओवादीले १११ ओटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सकिएका पालिकामध्ये १७।३९ प्रतिशतमा माओवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवार विजयी बनेका छन् ।

जसपाले २० ओटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकाली सकेको छ । यो भनेको कूल मतगणना सम्पन्न भएका पालिकाको ३।१३ प्रतिशत हो ।

एकीकृत समाजवादीले हालसम्म १४ ओटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २।१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।

लोसपाले ७ ओटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कुल मतगणना सम्पन्ना भएका पालिका प्रमुख तथा अध्यक्षको १।०९ प्रतिशत हो ।

आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ ओटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३।९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।