आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वरका नव निर्वाचित मेयर दीपक रिसालबाट सपथ ग्रहण (फोटोफिचर)

गोकर्णेश्वर खबर६ जेष्ठ २०७९, शुक्रबार १८:५६ मा प्रकाशित (१ साल अघि) ७३७ पाठक संख्या

६ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित मेयर दीपक रिसालले आज सपथ लिएका छन् । रिसालले काठमाडौंका विभिन्न नगरपालिकाबाट निर्वाचित मेयरहरूसँगै आज सपथ लिएका हुन् ।

शुक्रवार जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सो सपथ ग्रहण कार्यक्रम भएको हो ।

आज सपथ लिनेहरूमा गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित मेयर दीपक रिसालसँगै शंकरापुर नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाका मेयरहरू रहेका छन् ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा उनीहरूलाई काठमाडौंका मुख्य जिल्ला निर्वाचन अधिकृतले सपथ खुवाएका हुन् ।