आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

गोकर्णेश्वर ९ को अध्यक्षमा राजिव थापा विजयी

गोकर्णेश्वर खबर४ जेष्ठ २०७९, बुधबार २२:४८ मा प्रकाशित (१ साल अघि) ३७१ पाठक संख्या

४ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को अध्यक्षमा राजिव थापा विजयी भएका छन् । थापाले ७१० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका वडा अध्यक्षका उम्मेदवार राजेन्द्र सिंह ठकुरीले १८१ मत ल्याएका छन् ।

गोकर्णेश्वर वडा नं. ९ मा सबै वडा सदस्यहरुमा कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

यसैगरी यस वडामा कांग्रेसका मेयरले ७१६ मत ल्याउँदा एमालेका मेयरका उम्मेदवारले २२६ मत मात्र पाए । यसैगरी यस वडामा कांग्रेसका उपमेयरले ५४९ मत ल्याउँदा एमालेका उपमेयरका उम्मेदवारले ३३८ मत मात्र पाएका थिए ।

यस वडामा नेपाली कांग्रेसबाट वडा सदस्यमा श्रीकृष्ण कारञ्जित, उमेश चालिसे, लक्ष्मी देवि गुरुङ र गमला कुमारी परियार निर्वाचित भएका छन् ।

कुल १७०४ मतदाता रहेको यस वडामा ११९० मत खसेको थियो ।