FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

गोकर्णेश्वर नगरपालिकाको मेयरमा दिपक रिसाल निर्वाचित

गोकर्णेश्वर खबर४ जेष्ठ २०७९, बुधबार २२:२५ मा प्रकाशित (१ महिना अघि) २२२ पाठक संख्या

४ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दिपक रिसाल निर्वाचित भएका छन् । रिसाल ९६९२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्दी एमालेका उद्वव विष्टले ८५०४ मत प्राप्त गरे । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रिसाल ११८८ मतान्तरले विजयी भएका हुन् ।

यसैगरी उपमेयरमा एमालेकी सान्नानी लामा ८८०४ मत सहित निर्वाचित भइन् । उनले कांग्रेसकी शान्ति नेपाललाई १३३ मतले पराजित गरिन् । नेपालले ८६७१ मत प्राप्त गरिन् ।