आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर ८ मा कांग्रेसको वडा अध्यक्ष र मेयरमा अग्रता, उपमेयरमा एमाले

गोकर्णेश्वर खबर४ जेष्ठ २०७९, बुधबार १२:३१ मा प्रकाशित (१ साल अघि) १३३५ पाठक संख्या

३ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को मत गणना भईरहँदा वडा अध्यक्षका उम्मेदवार नन्दलाल श्रेष्ठ र कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले अग्रता लिएका छन् ।

यसैगरी, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामाले अग्रता लिएकी छिन् ।

२१०० मत गणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवारले ८२४ मत ल्याएका छन् भने एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ७८६ मत ल्याएका छन् । दिपक रिसाल विष्ट भन्दा ३८ मतले माथी छन् ।

यसैगरी, कांग्रेसका उपमेयरका उम्मेदवार शान्ति नेपालले ५६२ मत ल्याउँदा नेकपा एमालेकी उपमेयर सान्नानी लामाले ८९४ मत ल्याएकी छिन् । सान्नानी लामाले शान्ति नेपाल भन्दा ३३२ मतले अग्रता लिएकी छिन् ।

वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले ८१९ मत ल्याउँदा एमालेकी कल्पना राजचलले ७६३ मत ल्याएकी छिन् । राजचल श्रेष्ठ भन्दा ५६ मतले पछाडी परेकी छिन् ।